किरण भुर्तेल ,भाद्र ९। गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमित १९९३ मध्य १६३९जना कोरोना संक्रमण मुक्त भएका छन। प्रतिशतका आधारमा हेर्दा ८५.६७ प्रतिशतले कोरोनालाइ परास्त गर्न सफल भएका हुन। आज पछिल्लो अपडेट अनुसार पाँच जना संक्रमित थपिए पछि संक्रमितको संख्या १९९३ पुगेको हो।
गण्डकी प्रदेशमा सबैभन्दा बढी संक्रमित नवलपुर जिल्लामा रहेका छन।प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या जम्मा २६६ रहेको छ।उनिहरुको स्वास्थ अवस्था सामान्य रहेको र संबंधित क्षेत्रमा रहेको आइसोलेसनमा उपचार भैरहेको स्वास्थ निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।
गण्डकी प्रदेशमा १६३९ (८५.६७ प्रतिशत )संक्रमण मुक्त ,सक्रिय संक्रमित २६६ मात्रै