शंकर पोख्रेल ,कावासोती,नवलपुर,श्रावण २८।
अन्तर्राष्ट्रिय युवा दिवशको अवसर पारेर तरुण दल नवलपुर जिल्ला कार्य समितिले मौलाकालिका अपाङ्ग संस्थामा फलफुल बितरण कार्यक्रम आज सम्पन्न गरेको छ।युवा दिवशको दिन युवाहरुको प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाले सामाजिक कार्यक्रम गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुने र शारीरिक रुपमा अशक्त बालबालिकालाई पनि पौष्टिक तत्त्व प्राप्त हुने हुदा फलफूल वितरण कार्यक्रम गरिएको तरुण दल जिल्ला सभापति सुर्य गुरुङले बताए।

नेपाली काङ्ग्रेस जिल्ला सभापति तथा प्रदेश सांसद बिस्णु लामिछानेको प्रमुख आतिथ्यतामा सप्पन्न भएको कार्यक्रममा जिल्ला रहेका तरुणदल ,ने बि संघ संम्बद्द तथा नेपालि काङ्ग्रेसका कार्यकर्ताहरुको उपस्थित रहेको थियो।फलफुल ग्रहण गर्दै संचालकले सहयोगी हरुलाइ धन्यवाद ज्ञापन गरेका थिए।