नेपाली महिलाहरुको अत्यन्तै महत्त्वपूर्ण एवं ठूलो पर्वको रुपमा लिइने हरितालिका तिजको शुभ अवसरमा नवलपुरबाट गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननीय ओमकला चालिसे(गौतम)को तर्फबाट सम्पुर्ण नवलपुर र गण्डकी प्रदेशका बासिन्दाहरुलाइ शुभकामना संदेश प्रवाह गरिएको छ।अहिलेको विषम परिस्थितिमा चाडबाड मनाउन भन्दा पनि स्वास्थमा विशेष ध्यान दिनु पर्नेमा शुभकामना सन्देशमा जोड दिइएको छ। शुभकामना सन्देश :
समयलाई मानवले डोराउनु पर्नेमा मानवलाई समयले डोराउने परिस्थितिमा हामी आईपुगेका छौं ।यस्तो विषम अवस्थाका विच हामी हरितालिका तीज मनाउदै छौं।कसैले सोचे जस्तो भएको छैन, दिदीवहिनीहरु माईतिको आगन पुगिसक्ने वेला भयो तर जाने-आउने अवस्था छैन।कति बेला कस्लाइ के हुन्छ थाहा छैन जोगाउन र जोगिन पर्ने आबस्था छ । तसर्थ जहाँ हुनुहुन्छ खुसी साथ बसौ। आफ्नो परिवार संगै घर भित्र वसेर यो पालिको तिज मनाऔं ।अर्को साल माईतिको आगनमा रमाउने र दर खाएर रमाइलो गर्न सकिन्छ। सम्पुर्ण गण्डकी प्रदेशका दिदी बहिनु तथा दाजुभाइ ,आमा बुवाहरुलाइ हरितालिका तीजको मंगलमय शुभकामना व्यक्त गर्दछु । जय नेपाल