कावासोती १। कावासोती नगरपालिका वडा न १ मा रहेको शिवमन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचन तथा मतगणना सप्पन्न भएको छ।हिजो राती अबेर सम्पन्न मतगणनामा लोकतान्त्रिक प्यानलका अध्यक्ष सहित सबै पदका उमेदवारलाई पराजित गर्दै प्रगतिशील प्यानलका राजु घिमिरे अध्यक्षमा र अन्य उपाध्यक्ष ,सचीव कोषाध्यक्ष लगायतका सम्पुर्ण पदमा प्रगतिशील समूह बिजयी भएको हो।अध्यक्ष पदका उमेदवार राजु घिमिरेले कुल खसेको मत ८९८ मा ४३९ मत प्राप्त गरेका थिए भने अध्यक्षका लोकतान्त्रिक प्रत्यासि कृष्ण बहादुर भण्डारीले ३८८ मत प्राप्त गरेका थिए।त्यस्तै प्रगतिशील समुहबाट उपाध्यक्षमा बलबहादुर गाहा मगर,सचिबमा लक्ष्मण श्रेष्ठ ,सहसचिवमा ,कोषाध्यक्ष राजु श्रेष्ठ ,सदस्यहरुमा गिता बिक ,होम बहादुर बिक ,चन्द्रावती अधिकारी ,टिकादेवी विक ,अक्कल सिंह रुम्बा,भवानी शंकर अधिकारी, दुर्गा बहादुर राना मगर,तिलकराम भुसाल ,परमाजित सारु र महम्मद हुसेन मिया सहित लेखा समितीका पदाधिकारी सबै प्यानलनै बिजयी भएका हुन।आफुहरुको बिगत देखि सामाजिक तथा राजनैतिक कर्मको उचित मुल्यांकन गरि कावासोती १ का उपभोक्ता हरुले आफुहरुको प्यानललाइ बिजयी गराएकोमा धन्यवाद ज्ञापन गर्दै आफुमा थप जिम्मेवारी र चुनौती थपिएको महसुस गरेको अध्यक्ष राजु घिमिरेले बताए ।आफू लगायत आफ्नो समुहले शिवमन्दिर खानेपानीको थप विकास संगै गुणस्तरीय खानेपानी उपलब्ध गराउने सन्दर्भमा कुनै कसर नराख्ने प्रतिवद्दता समेत व्यक्त गरे।उता लोकतान्त्रिक प्यानलका अध्यक्ष प्रत्यासी भण्डारीले लोकतान्त्रिक पद्धति अनरुप भएको चुनाबमा हारजित हुनु स्वभाविक भएको भन्दै आफुहरुलाइ विस्वास गरि मद प्रदान गर्ने मतदातालाइ धन्यवाद ज्ञापन गरे।
शिवमन्दिर खानेपानीको अध्यक्षमा घिमिरे ,प्रगतिशील समुहलाइ पुरै प्यानल