कावासोती । नवलपरासी बर्दघाट सुस्ता पुर्वको जिल्ला तथा समन्वय ईकाई कार्यालय नवलपुरका प्रमुख कृष्ण चन्द्र पोख्रेललाई शनिबार कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
कावासोती वडा नं ८ निवासी पोख्रेलले विहीबार पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए जस्को रिपोट शनिबार पोजेटिभ आएको पोख्रेलले जानकारी दिए ।
उनले अहिले आफ्नो स्वास्थ्य स्थिति सामान्य रहेको र सुरक्षित रुपमा होम आइसोशलेनमा रहेको बताए ।