धनुषा मिथिला नगरपालिका–३ स्थित उखुबारीमा १८ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गर्ने एक जना पक्राउ परेका छन् ।
महोत्तरी बर्दिबास नगरपालिका–७ किसाननगर बस्ने २१ वर्षीय राजेश महतो पक्राउ परेका हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय ढल्केवारबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । साथीको घरमा जाँदै गरेकी ती किशोरीलाई राजेशससहितका ३ जना युवाले ती किशोरीलाई जबरजस्तीकरणी गरेका थिए । घटना लगत्तै सबै फरार थिए । फरार अन्यको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।