कार्तिक ११,एजेन्सी ।अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी भेटिएको दाबी गरिएको छ।चन्द्रमाको घमाइलो सतहमा पानी रहेको पुष्टि भएको नासाले जनाएको छ। एक रिपोर्ट प्रकाशित गर्दै नासाले चन्द्र सतहमा पानीको केमिकल कम्पाउन्ड पाइनुले त्यहा मानव जीवनको सम्भावनाको ढोका खुलेको बताएको छ।नासाको पछिल्लो अनुसन्धानले चन्द्रमाको घमाइलो क्षेत्रमा पानी र पानीका केमिकल कम्पाउण्ड भेटिएको पुष्टि गरेको हो। यस अघि चन्द्रमाको अध्यारो तथा चिसो क्षेत्रमा बरफ पाइएको दाबी नासाले गरेको छ।अहिले घमाइलो क्षेत्रमा पानी भेटिएपछि त्यहाँ मानव बस्ती बिकास गर्न सकिने सम्भावना रहेको बैज्ञानिकको भनाइ छ । नासाको अन्तरीक्ष यान `स्ट्रटोस्फेरिक अब्जरभेटरि फर इन्फ्रारेड एस्ट्रोनोमी (सोफिया)´रहेको ठुलो टेलिस्कोप मार्फत गरिएको अबलोकन बाट नयाँ कुरा थाहा भएको हो।सो टेलिस्कोप बाट बाफको अबस्थामा रहेको पानी पत्ता लगाउन बैज्ञानिक हरु लाई सहयोग मिलेको बताइएको छ । तर त्यहाँ अहिले नै उक्त पानी लाई स्रोतको रुपमा प्रयोग गर्न सकिने वा नसकिने भन्ने बारे यकिन पुष्टि हुन सकेको छैन। जे भएपनी चन्द्रमा सतहमा पानी कतै तरल त कतै जमेको अबस्थामा रहेको भने पुष्टि गरिएको छ।
चन्द्रमाको सतहमा पानी रहेको नासाद्वारा पुष्टि,जिवनको सम्भावना !