४ भदौ, बाँके । जिल्लामा थप २८ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज हुँने भएका छन। जिल्लामा रहेका विभिन्न आइसोलेसन बाट आज जिल्लाकै २८ जना निको भएर डिष्चार्ज हुँन लागेका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराए। बुधबार डिष्चार्ज हुनेमा खुल्ला कारागार गनापुर आइसोलेसबाट ७ जना, होटेल सिटी प्यालेस आइसोलेसनबाट ७ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेनबाट ५ जना, आदर्शनगर आइसोलेसनबाट ४ जना, लायन्स डेण्टल अस्पताल आइसोलेसनबाट ४ जना र भेरी अस्पतालबाट १ जना गरि बाँकेका कुल २८ जना कोरोना संक्रमण मुक्त भइ डिष्चार्ज हुन लागेका हुन । यो संगै बाँकेमा कोरोना संक्रमण मुक्त भइ डिष्चार्ज हुनेको संख्या ४ सय ९६ पुगेको छ । जिल्लामामा रहेका विभिन्न आइसोलेसनमा बाँकेका २६३ र बाहिरी जिल्लाका ३ जना गरी २६६ जना छन् ।
बाँकेमा थप २८ जना डिष्चार्ज हुँदै