भैरहवा । राइजिङ क्लब नेपाल रुपन्देहीले सिद्धार्थनगर-१२ स्थित भैरहवा बहमुखी क्याम्पस परिसरमा रहेको सोमइमाई मन्दिर र सि.नपा-१ स्थित बेलहिया मा.वि.लाई विशेष सहयोग गरेको छ ।
विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको क्लबले सोमइमाई मन्दिरलाई २० लिटर र बेलहिया मा. वि. लाई ४० लिटर पेन्ट सहयोग गरेको क्लबका अध्यक्ष सागर न्यौपानेले बताए ।
मन्दिर तथा विद्यालय जस्तो पवित्र ठाउँलाई सुन्दयमय बनाउन रंगरोगनको लागि केही सहयोग पुग्ने हेतुले पेन्ट उपलब्ध गराएर सानो सहयोग गरिएको क्लबका उपाध्यक्ष गणेश पोखरेलले बताए ।