पबित्रा पराजुली, चोरमारा, । मध्यविन्दु नगरपालिका - ७ को बजारविकास हलमा शनिबार ७ दिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । साना किसान सहकारी संस्था लिमीटेडकोे आर्थिक सहयोगमा तालिम भएको हो ।तालिम समापन कार्यक्रमका प्रमुख अतिथि वार्ड न ७ का वडाअध्यक्ष अमृत प्रसाद ज्ञवालीले अहिलेको सन्दर्भमा हरेक महिला अगाडि बढ्न महत्वपुर्ण हुने भन्दै तालिममा सिकेको कुरा लाई ब्यबहारमा उर्तान सके आफु संगै समाज परिर्वतनमा समेत सहयोग पुग्ने बताए । साना किसान सहकारी संस्थाका अध्यक्ष नन्द कुमारी महत्तोले क्षमता अभिबृद्धिमा तालिम सफल भएको बताउदै तालिमले सहभागी महिलाहरुमा आत्मविश्वास बढाउने काम गरेको बताइन । सञ्चालकसमिती,लेखासमिती,बिमीत समिती र विभीन्न सहकारीमा आवद्ध २० जना महिलालाई छनोट गरीएको कार्यक्रममा प्रशिक्षक प्रितम भुजेल र राम ब्लोन तामाङ्गले प्रशिक्षण दिएका थिए । प्रशिक्षक भुजेलले सात दिनमा सहभागीहरुको सक्रिय सहभागिताले तालिम सफल भएको बताउदै सिक्ने कुरा कुनै पनि समयमा नसकीने भन्दै सिकाई निरन्तर चल्ने प्रक्रिया भएको पनि बताए । उनले तालिम पछि सहभागीहरुको प्रस्तुतिबाट आफु सन्तुष्ट रहेको बताउदै सिकेको सिप ब्यबहारमा उर्तानुपर्नेमा जोड दिए । सहभागीहरु टिका काफले,सीता कार्की, कालिका भण्डारी,लक्ष्मी पोखरेल लगायत अन्य सबै महिलाहरुले छोेटो समयको तालिममा पनि आफुहरुले धेरै कुरा सिक्न पाएको भन्दै आयोजक र प्रशिक्षक लाई धन्यबाद दिइन । आगामि दिनमा पनि अन्य दिदि बहिनीको लागि यस्तो प्रकारको तालिम दिनुपर्नेमा उनिहरुको जोड थियो । उठेर आफ्नो परिचय राख्न समेत डर लाग्ने गरेकोमा अहिले भने आफ्ना कुरा निर्धक्क राख्न सक्ने भएको बताइन । तालिमले डर भगाएको भन्दै आफ्नो कुरा राख्न नसक्दा आफुहरु पछाडि पर्ने गरेको उनिहरुको भनाई थियो । साना किसान सहकारी संस्थामा कार्य गर्दै आएकि उमादेवि भुर्तेलले आफु यहि तालीम बाटनै आज समापन कार्यकम निर्धक्कसगँ चलाउन सफल भएको बताइन। अध्यक्ष महत्तोले तालिम सोचे भन्दा बढि प्रभावकारी भएको भन्दै आगामी दिनमा स्थानीयको आबश्यकता अनुसार तालिम सञ्चालन गर्ने बताइन । तालिमको दौरानमा भएको गेममा सगरमाथा समुह विजेता भएको थियो। कार्यक्रममा सहभागीहरु लाई प्रमुख अतिथि ज्ञवालीले प्रमाणपत्र वितरण गरेका थिए।
चोरमारामा उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न