काठमाडाैँ, असाेज २४ कोरोना भाइरस संक्रमण पुष्टि भएपश्चात् कुनै पनि व्यक्ति आइसोलेसनमा नबसे संक्रमण ऐनअनुसार कारबाही गर्न स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई परिपत्र गरेको छ । केही व्यक्तिमा कोरोना पोजिटिभ आएपछि आइसोलेसनमा नबसेको पाइएको भन्दै आइसोलेनामा नबसे कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आइसोलेनमा नबसेको पाइएमा संक्रमण ऐनअनुसार ६ महिना जेल सजाय हुने व्यवस्था छ । पोजिटिभ रिपोर्ट आएका व्यक्तिहरू आइसोलेसनमा नबसेको पाइए घरपरिवार, छरछिमेकले समेत अनुगमन गरी खबर गर्न मन्त्रालयले आग्रह गरेकाे छ । स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षण गर्न दिएका सबै व्यक्तिलाई रिपोर्ट नआउँदासम्म घरमा क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ ।
काेराेना संक्रमित आइसोलेसनमा नबसे ६ महिना जेल