काठमाडौं, २३ असोज । इन्डियन प्रीमियर लिग आइपीएलमा आज सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटलले राजस्थान रोयल्ससँग खेल्नेछ । दिल्ली क्यापिटल र राजस्थान रोयल्सबीचको खेल शारजाहमा हुँदैछ । आजको खेल आइपीएलको २०२० अन्तर्गतको २३ औं खेल हो ।
५ खेलमध्ये २ खेल मात्रै जितेर यो सीजनमा लगातार ३ खेल गुमाएको राजस्थान रोयल्सलाई आजको खेल जित्नैपर्ने दवाब छ । त्यस्तै जारी आइपीएलको यो सीजनमा ५ खेल खेलेको दिल्लीले चार खेल जितेको छ ।
आजको खेलमा दिल्ली क्यापिटलले टिमका भरपर्दा खेलाडी मैदानमा उतार्ने संभावना कम छ । सो कारणले राजस्थानका लागि खेलमा सहजता देखिएको छ । तर उता राजस्थानले पनि आजकै खेलमा आफ्नो आलराउन्डर खेलाडी बेन स्टोक्सलाई उतार्ने संभावना कम छ । यदी उनलाई खेलमा नदेखिएपनि एक अर्कामा दुवै पूतिद्वन्दीको सन्तुलित नै हुने भएकाले खेल रोमान्चक हुने देखिएको छ ।