गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना पुष्टि भएको छ ।
पुष्टि भएका सबै पोखरा महानगरपालिकाका भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
अद्यावधिक विवरणअनुसार प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या चार हजार ३ सय ७५ पुगेको निर्देशनालयले जनाएको छ । रासस