प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पालमा अनशनरत डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीसँग डा. केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो भन्ने प्रश्न गरेका छन् ।
आज डा. केसीले अनशन सुरु गरेको २४औँ दिन पुगेको भए तापनि सरकारले वार्ताका लागि पहलसमेत सुरु गरेको छैन । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकहरूले बताएका छन् ।
कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'डा. केसीसँग वार्ता नगर्ने बालुवाटारे बाहहठ यहाँलाई महँगो पर्नेछ हेक्का रहोस् लोकतन्त्र भर्सेस कम्युनिस्टतन्त्र मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. केसीका जायज आवजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भूल किमार्थ नगरियोस् ।'
