कृष्ण पौडेल /नवलपरासी/२१ भाद्र । नेपाली कांग्रेसको १४ अौ महाधिवेशन देशका विभिन्न जिल्लाहरुमा हिजो मात्र सम्पन्न भएको छ यस्तै पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरामा पनि महाधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ।
वडा अधिवेशनमा शोभाखर पाण्डेलाई सभापतिमा निर्विरोध चयन गरिएको छ भने उपसभापतिमा गंगाराम गौरे र मणि साहि हुनुहुन्छ यस्तै सचिवमा नमकान्त बस्याल र घनरयाम अाले चयन हुनुभएको छ।
सहसचिवमा हेमकुमारी गुरुङ इश्वरी प्रसाद भण्डारी कोषाध्यक्ष मा डिल्लीराम सुवेदी सदस्यमा अमर नारायण चौधरी तारा बहादुर क्षेत्री चन्दिका प्रसाद कुर्मी हेमराज पौडेल दुपिमाया गुरुङ बल बाहादुर राना दिनेश ढकाल शारदा हरिकला पौडेल मेनुका रिजाल यमकुमारी चापागाई र रन बाहादुर दर्जी हुनु भएको छ । कार्यक्रममा नेकपा एमाले माओवादी केन्द्र जनमोर्चा विभिन्न पार्टी परित्याग गरी १५० बढी नेपाली कांग्रेसमा प्रवेश गरेको सचिब नमकान्त बस्यालले जानकारी दिनुभयो कार्यक्रममा बोल्दै सभापति शोभाकर पाण्डेले अब उनले स्थानीय चुनावमा बोलीबाट मात्र होइन काम गरेर देखाउनु पर्छ भन्दै कांग्रेसलाई टर्च बालेर खोज्नुपर्छः भन्नेहरु लाई अब आउने चुनावमा कांग्रेसले टर्च बालेर खोज्ने पाण्डे बताउनुभयो ।
कार्यक्रममा बोल्दै पार्टी प्रवेश गरेका कार्यकर्ताले एमालेले झुटो खेती गरेर चुनाव जितेको र चुनाव जिते पछि फर्केर नअाएको आरोप लगाएका थिए। यस्तै महाधिवेशनको निर्वाचन अधिकृत गणेश अर्याल हुनुहुन्थ्यो भने कार्यक्रम संचालन नमकान्त बस्यालले गर्नुभएको थियो