सरकारले सत्याग्रहको २३ औँ दिनमा डा. गाेविन्द केसीलाई भेट्न शिक्षा सचिवसहित ३ जनाको टोली पठाएको छ ।
डा. केसीलाई भेट्न मंगलबार दिउँसो शिक्षासचिव गोपी मैनालीसहितकाे टाेली महाराजगञ्जस्थित टिचिङ अस्पताल पुगेकाे हाे । भेटमा सचिव मैनालीले अनसन ताेड्न केसीलाई आग्रह गरेका थिए ।
उनले वार्ता टोली गठन नभएको बताएपछि डा. केसीले भेटको औचित्य नरहेको बताए । ‘यही कुरा सरकारका प्रवक्ताले भनिसक्नु भएको छ, तपाईंले बेकारमा दुःख पाउनुभयो,’ डा. केसीलाई उद्धृत गर्दै उनका सहयोगी प्रीतम सुवेदीले भने ।