कावासोती,नवलपुर। नवलपुरको कावासोती रहेर लामो समयदेखी जीवन विमाका क्षेत्रमा निरन्तर रुपमा क्रीयाशिल रहेका प्रवेश इन्टरप्राइजेजका संचालक तथा ज्योती लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर सोनाम तामाङले २०० भन्दा बढी वृद्ध-बृद्दहरुको आफ्नो व्यक्तिगत खर्चमा कोरोना बिमा गरिदिएका छन।
कोरोना माहामारिको समयमा बिमा कम्पनीहरुले कोरोना संक्रमितहरुलाइ राहत होस भन्ने उद्देश्यले ल्याएको कोरोना बिमा योजनाले खासगरी आफ्नो वासस्थान रहेको कावासोती ५ का स्थानीयलाई पनि संक्रमण भएमा केही सहयोग हुने विश्वासका साथ आफुले कोरोना विमा गरिदिएको ज्योती लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर तामाङले बताए।कोरोना बिमाको लागि उनले संबंधित व्यक्ति र इन्स्योरेन्स कम्पनीबाट कुनै आर्थिक सहायता नलिएको र निस्वार्थ सामाजिक भावनाले प्रेरित भएर यो कदम चालेको पनि उनले थपे।
हालसम्म २५७ जनाको कोरोना बिमा निशुल्क गरेका उनले आफ्नो अभियान अझैपनी जारी जानकारी दिदै आर्थीक अवस्था कमजोर रहेका र अशक्त ,वृद्ध-वृद्दा जो कोहि भएमा पनि आफुले कोरोना बिमा निशुल्क गरिदिने जानकारी दिएका छन।जिवन बिमा कम्पनीमा सक्रिय रुपमा लागेर राम्रो सफलता हासिल गरिरहेका उनी हाल ज्योति लाइफ इन्स्योरेन्स कावासोती शाखा अन्तर्गत एजेन्सी म्यानेजरको रुपमा समाजमा विमा सचेतना तथा सेवा प्रवाहमा निरन्तर लागिरहेका छन।
ज्योती लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर तामाङले गरिदिए २०० बढिको निशुल्क कोरोना बिमा