किरण भुर्तेल ,३२ श्रावण,पोखरा। प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसका सांसदहरुले गण्डकी प्रदेश सभा सदन अबरुद्ध गरेका छन।कांग्रेसले सदनमा विभिन्न ४ बुदे मागहरु राखेर संकल्प प्रस्ताव दर्ता गराएको थियो।उक्त प्रस्ताव प्रदेश संसदले बहुमतद्वारा अस्विकृत भयो।बहुमतले अस्विकार गरेपनी आफुहरुको माग जायज रहेको र माग पूरा नहुदा सम्म सदनको काम कारबाही अगाडि बढ्न नदिने प्रतिपक्षी दलका नेता कृष्ण चन्द्र नेपालिले बताए। उनले सदनमा आफ्ना कुरा राख्दै भने “हामीले प्रदेशका जनताको जीवनरक्षाको लागि भनेर ‘एक घर, एक पिसिआर’ गर्नुपर्ने मागसहित संकल्प प्रस्ताव ल्याएका थियौँ । संकल्प प्रस्तावलाई समसामायिक रुपमा ल्यायो भनेर स्वागत गर्नुपर्ने थियो तर, प्रमुख प्रतिपक्षीले ल्याएको भनेर बहुमतले अस्विकृत गरियो । तर, समस्या त उस्तै छ। कोरोनाको भयंकर प्रकोपको अन्दाज गरिरहेका छौँ । हामी फेरि ती मुद्धा यथावत रहेको जानकारी गराउन चाहान्छौँ । एक घर एक पिसिआरको जुन माग थियो, अहिले पनि हामी त्यसको लागि अनुरोध गर्न चाहान्छौँ । सरकारले पिसिआर सुरु गरेको भए हामी मोडालिटी परिवर्तन गर्न पनि तयार रहेका थियौ ।सामान लिने दिने जस्तो, जनताको जीवन पैसामा तुलना गरेजस्तो पायौँ । ‘एक घर एक पिसिआर’, ‘अव्यवस्थित क्वारेन्टिनको सुधार, ‘डब्लु एच ओको मापदण्ड अनुसार हुनुपर्ने’ र 'सुरक्षित आइसोलेसन' अहिले पनि हाम्रा माग हुन । हामीले फेरि सरकारलाई अनुरोध गर्दछौँ ।” त्यस्तै प्रदेस सभा सदस्य तथा सचेतक ओमकला गौतमले अहिलेको सरकारले जनताको भावना अनरुप कार्य गर्न नसकेको र अहिले को कोरोना महामारिमा प्रभावाकरी ढङ्गले अगि बढ्न नसकेको भन्दै आलोचना गरेकि छन।उनले प्रदेश सरकारले संसदीय क्षेत्र बिकासका लागि छुट्टाएको बजेटमा प्रत्यक्ष र समानुपातिक सांसदहरुलाइ फरक फरक गरेर संसदमा आसमानता पैदा गरेको भन्दै संविधानलेनै समान हैसियत दिएको अवस्थामा प्रदेश सरकारले संविधानको भावना र मर्म विपरित गैर -संबैधानिक निर्णय गरेको हुदा छिटो भन्दा छिटो तेस्लाइ संच्चाएर संबैधानिक सर्वोच्चता कायम गर्न जोडदार माग समेत गरेकी छ्न।
प्रमुख प्रतिपक्षी दलद्वारा गण्डकी प्रदेश सदन अबरुद्ध