काठमाडौं। मनिष पाण्डेको अर्धशतकप्रेरित सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सलाई १४३ रनको विजय लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४२ रनको योगफल तयार पार्यो। हैदराबादका लागि ओपनिङमा आएका कप्तान डेभिड वार्नरले ३० बलमा २ चौका र १ छक्कासहित ३६ रनको योगदान गरे। त्यस्तै मनिषले ३८ बलमा ३ चौका र २ छक्कासहित ५१, तथा ऋद्धिमान साहाले ३० बलमा ३१ रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन नसक्दा हैदराबादले १२० बलमा १४२ रन मात्र बनाउन सक्यो। कोलकाताका लागि प्याट कमिन्स, बरुण चक्रवर्ती र आन्द्रे रसलले १/१ विकेट लिए।
हैदराबादले कोलकातालाई दियो १४३ रनको लक्ष्य