लगातारको बर्षाको कारणले मध्यबिन्दु नगरपालिकाका नारायणी तथा अन्य नदि नजिकका विभिन्न वार्डहरुमा पहिरो ,तथा नदि कटान तीब्र भएको छ।पहिरो ,डुबान ,कटान जस्ता प्राकृतिक समस्याले नगरबासी समस्यामा परेपछी मधयविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर राना लगायतको टोलि स्थलगत अबलोकनमा जुटेको छ।यसैक्रममा हिजो मध्यविन्दु-६ मा गरेकोे नदिको बहाबले गरेको कटान, पहिरो र त्यसले गरेको क्षतिहरुको स्थलगत निरीक्षण, अनुगमन गरिएको छ।स्थलगत अनुगमन पछि नगरप्रमुख रानाले लगातारको बर्षाले मध्यविन्दु नगरबासिमा परेको समस्यालाई आफुले महसुस गरेको भन्दै नदि कटान रोकथाम नियन्त्रण लागि तुरुन्तै आवश्यक कदम चाल्ने जानकारी दिदै क्षतिपुर्तिको लागी नगरवासिहरु सङ्ग आवश्यक छलफल गरि आवस्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन।स्थलगत अनुगमन कार्यक्रममा नगरप्रमुख चन्द्र बहादुर राना सङ्गै प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनि , जिल्ला पुर्वाधार कार्यालय प्रमुख , जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक मोहन खाँड , जिल्ला प्रशासन कार्यालय प्रशासकिय अधिकृत आनन्द भुषाल ,मध्यविन्दु-६ वार्ड अध्यक्ष सुर्य प्रसाद न्यौपाने , नगर प्राबिधिक, बुद्धिजिवि, समाजसेवि तथा वार्डवासीहरुको समेत उपस्थित रहेको थियो।
नगरप्रमुख राना सहितको टोलिद्वारा मध्यविन्दु ६ को कटान क्षेत्रको निरिक्षण