नवलपुर, ८ असोज । दाउन्नेमा पहिरो खसेर अवरुद्ध बनेको पूर्वपश्चिम मेहन्द्र राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको दाउन्नेमा स्थित विश्वकर्मा मन्दिर नजिकै आज बिहान ७ बजे पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो । बिहान ७ बजे देखि अवरुद्ध सडक अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी मोहन बहादुर खाँणले बताए । अविरल वर्षापछि दाउन्ने सडक खण्डको बिभिन्न स्थानमा सानो ठुलो पहिरो खसेको डिएसपी खाँणले बताउनु भयो । राजमार्गमा खसेको पहिरो हटाएर एकतर्फी सवारी सञ्चालन शुरु गरिएको हो । राजमार्गको बिभिन्न स्थानमा पहिरोको कारण हिलाम्बे बन्दा हलुका सवारी सञ्चालनमा थप समस्या भएको छ । सवारी एकतर्फी सञ्चालन भएपनि वर्षा नरोकिएको कारण सो क्षेत्रमा पहिरो जोखिम अझै कायम रहेको छ । दाउन्ने सडक खण्डमा यस अगाडी पनि राजमार्ग जीर्ण भएपनि मर्मत नहुँदा सो क्षेत्र भएर यात्रा गर्ने यात्रुहरुले सास्ती पाउदै आएका छन् ।
पहिरो पन्छाएपछि दाउन्नेमा एकतर्फी सवारी सञ्चालन