कावासोती,नवलपुर। नवलपुरको कावासोतिमा रहेको सिद्दार्थ आवासीय मा बि का प्रधानाध्यापक तथा नगर प्याबसन अध्यक्ष भोजराज दाहालले कावासोती नगरपालिका अन्तरगतका सबै सामुदायिक विद्यालय तथा क्याम्पस हरुलाइ ज्वोरो मापन यन्त्र थर्मल गन हस्तान्तरण गरेका छन। नगरपालिका भित्र रहेका ४० वटा सामुदायिक विद्यालय,५ वटा क्याम्पस सहित ४८ वटा थर्मल गन कावासोती नगरपालिकाले राखेको 'नगरका कोपिला' बालपत्रीका विमोचन कार्यक्रमको अवसर पारेर कावासोती नगरपालिकाका मेयर चन्द्रा कुमारी पुन मार्फत हस्तान्तरण गरिएको हो।अहिलेको विषम परिस्थितिमा विद्यालयले बिस्तारै शैक्षिक गतिविधि अगाडि बढाउन पर्ने आवश्यकता महसुस भएको हुदा कोरोना भाइरसको महामारीको बिचमा विद्यालयको शैक्षिक क्रियाकलाप अगाडि बढाउदा ज्वोरो मापन गरेर मात्रै विद्यालय परिसरमा प्रवेश गराउन सबै सामुदायिक विद्यालयलाइ सहज होस भन्ने हेतुले गन हस्तान्तरण गरिएको दाहालले बताए। विगतमा पनि कावासोती नगरपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयमा गरि ५० लाख बराबरको अक्षय कोष स्थापना गरेर उदाहरणीय कार्य गरेका उनलाइ थर्मल गन ग्रहण गर्दै नगरपालिका प्रमुख चन्द्रा कुमारी पुनले धन्यवाद दिएकी थिइन।
शिक्षासेवि दाहालद्वारा नगरका सबै सामुदायिक शैक्षिक संस्थाहरुलाइ थर्मल गन प्रदान