खगेन्द्र पराजुली, ३२ साउन, नवलपुर । बौदीकाली ३ को शारदा आधारभूत बिद्यालयमा कावासोती ८ ईन्द्रचोकका प्रेमकुमार भुसालले अक्षयकोष स्थापना गरेका छन । आफ्नो ८० औं जन्मोत्सवका अवसरमा समाजसेबी भुसालले अक्षयकोष स्थापना गरेका हुन । बि.सं. १९९९ साल साउन ३२ गते पर्वतको उराममा जन्मेका भुसालले आज परेको जन्मदिनमा बिद्यालयमा ५० हजार १ सय ५१ रुपैंयाको अक्षयकोष स्थापना गरेको घोषणा गरेका छन । यो उनको ३६ औं अक्षयकोष हो । यसअघि उनले पर्वत, स्याङ्जा र नवलपुरका बिभिन्न ३५ वटा बिद्यालयमा आफ्नो तर्फवाट अक्षयकोष स्थापना गरिसकेका छन । बिद्यालयमा पढ्ने गरीव तथा जेहेन्दार बिद्यार्थीको पठनपाठनमा समस्या नहोस् भनेर अक्षयकोष स्थापना गर्ने गरेको उनी बताउँछन् । पर्वत, स्याङ्जा हुदै नवलपुरमा आई ब्यापार–ब्यवसाय समेत गरेका उनी सामाजिक र धार्मिक गतिबिधिमा सहभागी भई दान–सहयोग गर्दै आउने दानी ब्यक्तिको रुपमा परिचीत छन ।
जन्मोत्सवको अवसरमा अक्षयकोष स्थापना