सरकारले कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च व्यहोर्ने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिनुभयाे ।
मन्त्री पौडेलले ट्विटरमा लेख्नुभएकाे छ, “राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु ।”
केही दिनयता अस्वस्थ केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो।
उहाँको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको राष्ट्रिय जनमाेर्चाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।