नवीन कंडेल,काठमाडौ । कपिलवस्तु जिल्ला बुद्धभुमी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तेज बहादुर बस्नेतले वनको जग्गामा कभर्ड हल बनाइएको भन्दै विरोध शीर्षकमा अनलाइन खबरले श्रावण ९ गते प्रकाशित गरेको समाचारको खण्डन गरेका छन। पद नपाएका केहि आफ्नै असन्तुष्ट पक्ष र बिपक्षी बिकास बिरोधीहरुको हतास मानसिकताले आफ्ना बिरुद्ध मिडियामा अफबाह फैलाएको उनको आरोप छ। स्थानीयको माग र समयको आवश्यकता अनुरुपनै राजकुँडा सामुदायिक बनको बन्दै गरेको बहुउद्देश्यीय सभाहल निर्माण गर्न लागिएको उनले जानकारी दिए। खाली अबस्थामा रहेको सामुदायिक बनको जग्गा अतिक्रमण हुने जोखिम देखेपछी सोहि स्थानमा बहुउद्देश्यीय सभाहलको अबधारणा स्थानियकै रुची अनुसार अघि बढाइएको बस्नेतले बताए। बुद्धभुमी नगरपालिका १ कै एक स्थानीयले बस्नेत वडा अध्यक्षमा निर्वाचित भएपछी वडाले बिकासमा नयाँ फड्को मारेको बताए। उनले वडामा शान्ती सुरक्षा बहाली, शिक्षा, स्वास्थ्य, सिंचाइ, खानेपानी सडक निर्माण तथा स्तरौन्नती, युवा लक्षित स्वरोजगार तालिम जस्ता कार्यक्रम हरु ल्याएर वडालाइ बिकासको नयाँ युग तिर लैजान अध्यक्षज्युले महत्त्वपूर्ण भुमिका खेलेको बताए। साथैे उनले बिश्वब्यापी कोभिड १९ को महामारीको समयमा अध्यक्षज्यु दिनरात नभनी नियन्त्रण तथा रोकथामका लागी खटिनुका साथै बाहिरबाट आएकाहरुलाइ क्वारेन्टाइनमा राखेर पिसिआर परिक्षण पस्चात घर जान दिने ब्यवस्था गरेर वडालाइ कोरोना मुक्त गराउन बस्नेतले महत्त्वपूर्ण भुमिका खेलेको बताए। सनातन धर्म संस्कृतिको रक्षार्थ सुपादेउराली मन्दिर निर्माणको पहलपनि स्थानियकै चाहाना हो उनले थपे यो सबै पुर्वाधारहरुको निर्माण आफ्नो मात्र नभएर स्थानियको साझा भएको प्रष्ट पारे। बस्नेतले स्थानियको सहमती, नगरपालिका, बन उपभोक्ता समिती, जिल्ला बन कार्यालय को स्वीकृति लिएर उल्लेखित संरचना हरु निर्माण गर्न लागिएको भएपनी गत आर्थिक बर्ष र चालु आर्थिक बर्षमा मन्दिरका लागी बजेट बिनियोजन नभएको प्रष्ट पारे। उनले असन्तुष्ट पक्षलाइ जनमत मार्फत आफुलाइ परास्त गर्न पनि चुनौती दिए। नितान्त ब्यक्तिगत रिसिइबिलाइ लिएर मिडियामा अफबाह फैलाएर लोकतान्त्रिक ब्यवस्थाको धज्जी नउडाउन सुझाए।
असन्तुष्ट र बिकास बिरोधीहरुले अफवाह फैलाएको बुद्दभुमी १ का वडाध्यक्षको स्पष्ट्यौक्ती