मायादेवी गाउँपालिकाको आगुवाईमा र ईलाका प्रहरी कार्यलयको उपस्थितिमा पकडीबाट केही छाडा गाई, गोरुलाई दत्तीवन जलेश्वर नाथ लिएर गइएको थियो तर बिच बाटोमै बाणगंगा पुल पारी र कोइली बनागाइ चोकमा स्थानीयका केही व्यक्ति हरु आई गाई गोरु हरूलाई छोड्न गाएको मान्छेलाई अपमानजनक गाली गलौज गर्दै समुदाय लाई नै अपशब्द गाली गलौज गर्दै आक्रमण गरेका छन। जस मध्ये केही घाइते र केही ठिक छन । दोषीलाई कारबाही गर्नको लागी जिल्ला प्रशासन कार्यलयमा मायादेवी गाउँपालिकाको अध्यक्ष, वडाध्यक्ष र व्यापार समितिको सचिव चन्द्र कुमार लागायत को उपस्थित ले जिल्ला प्रशासन कार्यलय को ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यलयले पनि छिटै दोषी लाई कारबाही गर्ने प्रतिवद्दता जाहेर गरेको छ।
गाई-गोरुलाई जलेश्वर धाममा छोड्न जाने क्रममा आक्रमण