सम्बादाता, असोज ०६ बझाङ। जिल्लाको छबिस पाथिभेरा गाउँपालिका वडानं ०७ का अध्यक्ष पदम मण्डेलले अपहरणका अभियुक्त जोगाउन किर्ते जन्मदर्ता गरेको खुलेको छ । छबिस पाथिभेरा गाउँपालिका सातकी एक बालिकालाई गत बैशाख १३ गते स्थानिय युवाहरुले बिहे गर्न भन्दै अपहरण गरेका थिए । अपहरणका अभियुक्त ६ जना मध्ये तिन जनाको किर्ते जन्मदर्ता गरेको खुलासा भएको हो ।
अभियुक्त मध्येका एकजना नाबालक भएको भन्दै हिरासत मुक्त भएका छन । समाचार स्रोतका अनुसार हिरासत मुक्त भएका अभियुक्तको वास्तविक जन्म मिति २०५८।०९।२२ रहेको छ । तर, वडाध्यक्ष मण्डेलले प्रहरी चौकी बिसौनाचौरलाई जन्ममिति खुलाइ पठाएको चलानी नं ७६ अनुसार नाबालक भनिएका अभियुक्तको जन्म मिति २०६३।१०।१० रहेको छ । अपराधिलाई उन्मुक्ति दिन वडाध्यक्ष मण्डेलले घुस खाएको स्रोतको दावी छ । नाम नखोल्ने शर्तमा एक स्थानियले वडाध्यक्ष मण्डेलले अभियुक्तबाट केहि रकम समेत बुझेको बताए । गत बैशाख १५ गते बालिकालाई अपहरण गर्ने ०६ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङ्खमा अपहरण तथा शरिर बन्धक सम्बन्धी जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालय बझाङ्खले उजुरी परेको समयावधि भित्र अभियुक्त पक्राउ गर्न सकेको थियन । अभियुक्त पक्राउ पर्न नसक्दा अपहरण तथा शरिर बन्धक सम्बन्धीको मुद्धा आवश्यक कारवाहिको लागि जिल्ला अदालत बझाङ्खमा पठाएइको छ । बालिकालाई अपहरण गरेको छ महिना बितिसक्दा पनि पाँच जना अभियुक्त भने अझै पक्राउ पर्न सकेका छैनन् अभियुक्त मध्य पक्राउ परेका एकजनालाई नाबालक भनेर हिरासत बाट छुटेको जिल्ला प्रहरी कार्यालय बझाङ्खका सूचना अधिकारी लोकेन्द्र सिहं कार्कीले बताए । उनले भने, हामीले अभियोग लगाएर सरकारी वकिल कार्यालयमा पेश गरेका हौँ । अदालतले बुझ् गर्दा नाबालक देखिएकोले पछि ठहरिए बमोजिम हुने भनेर अभिभावकको जिम्मामा हिरासत मुक्त भएकाहुन ।
जिल्ला प्रहरी कार्यालय बझाङ्खले उजुरी भएको समयावधि भित्र अभियुक्त पक्राउ गर्न नसक्दा अपहरण तथा शरिर बन्धक सम्बन्धीको मुद्धा आवश्यक कारवाहिको लागि जिल्ला अदालत बझाङ्खमा पठाएको छ । विद्यालयले सिफारिस गरेको कागजातको आधारमा जन्म मिति खुलाएर पठाएको वडाध्यक्ष मण्डेलले बताए । उनले भने, विद्यालयले पेश गरेको प्रमाण पत्र तथा कागजातको आधारमा मैले जन्म मिति खुलाएर पठाएको हुँ । अभियुक्तलाई उन्मुक्ति दिने मेरो कुनै मनसाय छैन । जन्म मिति खुलाउन घुस लिनु भएको कुरा साँचो हो? भन्ने प्रश्नको सवालमा आफुले घुस नलिएको बताए । किर्ते जन्मदर्ता खुलाएको पत्र पेश गरेर अभियुक्तलाई वडाध्यक्ष मण्डेलले जोगाउन खोजेको पिडित बालिकाका आफन्तले बताएकाछन । सुनियोजित तरिकाले अभियुक्त जोगाउन स्थानिय जनप्रतिनिधि, नेता समेत लागि परेको बालिकाका आफन्तको आरोप छ । घटना भएको महिनौ बितिसक्दा समेत अपराधमा संग्लन पक्राउ नपरेका र पक्राउ परेका समेत चलखेल गरेर छुटेकाले न्याय पाउनेमा शंका उब्जीएको बालिकाका आफन्तको गुनासो छ । अपराधि जोगाउन पिडक पक्षबाट पैसाको चलखेल सुरुभएको छ । जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय तथा जिल्लास्थित उच्च पदस्त नेताहरुलाई पिडक पक्षबाट पैसाको चलखेल हुनेगरेको आफन्तको दाबि छ । पैसा व्यहोर्न गाउँकै एकजना व्यापारी समेत पिडक पक्ष सँगै सदरमुकाम आउने गरेकाछन् किर्ते जन्मदर्ता गरेर अपराधि लाई जोगाउन खोजिएको भन्दै बालिकाका आफन्तले वडाध्यक्ष मण्डेल विरुद्ध जाहेरी दायर गर्ने बताएका छन् ।
किर्ते जन्मदर्ता गर्न वडाध्यक्षले घुस खाएको आरोप