नवलपुर,असोज ६ ।रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग आईपीएलमा विजयी सुरुवात गरेको छ।आफ्नो पहिलो खेलमा सनराइजर्स हैदरावादलाई १० रनले हराउँदै कप्तान विराट कोहलीको टिमले जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले पुरै २० ओभर खेलेर पाँच विकेटको क्षतिमा १६३ रन बनाएको थियो। १६४ रनको लक्ष्य लिएर मैदान उत्रिएको हैदराबाद दुई बल बाँकी छँदा १५३ रन बनाएर अल आउट भयो। बैंग्लोरको जितमा देवदत्त पडिक्कलले ५६ रन जोडे भने एबी डि भिलियर्सले ५१ रनको योगदान दिए। आरोन फिन्चले २९ रन बनाउँदा कप्तान विराट कोहली १४ रनमा सिमित भए ।हैदरावादका टी नटराजन, विजय शंकर र अभिशेक शर्माले १–१ विकेट लिए। बैंग्लोरविरुद्ध जवाफी ब्याटिङमा आएको हैदराबादका लागि जोन्नी बैस्टोले सर्वाधिक ६१ रन बनाए भने मनिश पाण्डेले ३४ रन जोडे। अन्य ब्याट्सम्यानको प्रदर्शन फितलो रह्यो। हैदरावादलाई सस्तैमा समेट्न युजवेन्द्र चाहलले ३ विकेट लिए। त्यस्तै नवदिप सैनी तथा शिवम् दुवेले २–२ विकेट लिँदा डेल स्टेयनले एक विकेट लिए
आइपिएलमा बैङलोरको विजयी सुरुवात