दुबई/ ५ असोज । इन्डियन प्रिमियर लिगको दोस्रो खेलमा नतिजा एक सुपर ओभर सम्म पुग्यो । दिल्लीले सुपर ओभरमा ६ बलमा मात्र ३ रन बनाउन थियो। मोहम्मद शमीले एक वाइट बल फाले पछि रिषभ पन्तले अर्को बल मा दुई रन बनाइ जित हासिल गरेको छ ।
यसभन्दा पहिले, पंजाब टोलीले सुपर ओभरमा दुई विकेट गुमाउँदै दुई रन मात्र बनाएको थियो । KL राहुलले कागिसो रबाडाको पहिलो बल मा दुई रन बनाए त्यस पछी ऊनी कैच आउट भए र त्यसपछिको अर्को बलमा निकोलस पूरान बोल्ड भए । दुई विकेट को नोक्सान पछि, पंजाबको टीमले सुपर ओभरमा केवल तीन बल खेल्ने अवसर पाएको थियो ।
कसरी पुग्यो सुपर ओभरमा मैच ?
पहिलो ब्याटि गर्दै दिल्लीले २० ओभरमा ८ विकेटको नोक्सानमा १५७ रन बनाए। लक्ष्यको सामना गर्दै किंग्स इलेवन पंजाबको टीमले २० ओभरमा ८ विकेट कै नोक्सानमा मात्र १५७ रन बनाउन सक्यो ।
पंजाबका लागि मयंक अग्रवालले ६० बलमा ८९ रन बनाए तर टिमलाई जित दिलाउन सकेन । अन्तिम ओभरमा, पंजाबले ६ बलमा १३ रन बनाउन थियो। मयंक अग्रवालले पहिलो तीन बलमा १२ रन बनाए तर यसको बावजुद टोलीले जित्न सकेन। . दिल्लीका लागि मार्कस स्टोइनिसले म्यानक अग्रवाल र क्रिस जोर्डनलाई अन्तिम दुई बलमा आउट गरे।
पंजाबका लागि कप्तान केएल राहुलले मयंक अग्रवालको साथ इनिंग शुरू गरे। पहिलो चौका र छक्का राहुलको ब्याट मा निस्किएको त्यस पछी उनले २ चौका लगाए। मोहित शर्माको बलिङ को अगाडि उनको बैटिङ चकनाचूर भयो र ऊनी १९ बलमा मात्र २१ रन बनाउन सके ।
दिल्लीको जितका लागि सानदार बैटिक गर्दै स्टोइनिसले २१ बल मा ५३ रन बनाएका थिए भने अंशउन ले १ ओभर मात्र बलिङ गर्दै २ विकेट निकालेका थिए । आइपिएलमा आज सोमबार रियोल चालेन्ज्र बङ्लोरमा र सनराइज हैदराबाद बीच प्रतिस्पर्धा हुनेछ।