इङलिस बलरहरुले कसिलो अनि शानदार प्रदर्सन गरेपछी दोस्रो टेस्टको पहिलो दिनको खेल सकिदा पाकिस्तान खराब स्थितिमा पुगेको छ।पाकिस्तानका ब्याट्सम्यानहरुले इंग्लिस बलरहरुको धारिलो बलिङ सामु घुडा टेक्दा पाकिस्तानले ५ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो।पाकिस्तानको लागि अबिद अलिले ६० रन बनाउने बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन।कप्तान अझहर अलि फेरि एकपटक असफल हुदा पहिलो टेस्टमा सतकिय पारी खेलेका मसुदले दोहोरो अंक जोड्न सकेनन। इङ्गलैडको लागि जेम्स एन्डर्सनले प्रभावकारी बोलिङ गर्दै २ महत्त्वपूर्ण विकेट लिए भने शाम करन,ब्रोड र क्रीस वोयक्सले समान एक विकेट लिएका थिए।
दोश्रो टेस्टको पहिलो दिन सकिदा पाकिस्तान खराब स्थितिमा