उत्तम कुमार थापा, बझाङ । धनगढीमा रहेका जाेतिप्रकाश जाेशीकाे टिम बिक्रम थापा बचाउ अभियानमा लागिपरेको छ ।
नेपाली काङ्ग्रेसका नेता बिक्रम थापा ब्लड क्यान्सरबाट पिडित भएको लामाे समय भइसक्यो । थापा विगत लामो समयदेखि हस्पिटलमा उपचार गराउँदै आउनुभएकाे तपाईं हामीलाई पनि सर्वविदितै छ । खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ पाटा देवलकाे तिहुने घर भएका बिक्रम थापा नेपाली काङ्ग्रेसका जुझारु युवा नेता र महाधिवेशन प्रतिनिधि सदस्य पनि हुन् ।
उनलाई ब्लड क्यानसर भएको थाहा पाएपछि हस्पिटलमा उपचार हुँदै आएकाे थियाे र आज भाेली पनि थापा उपचाररत रहेका छन् । अस्पताल भर्ना भएका नेता थापाकाे उपचार भैईरहेकाे हुँदा आर्थिक अभाव देखिएकाेले धनगढीबाट पुर्व बझाङ जिल्ला नेपाली काङ्ग्रेसका सदस्य समेत रहेका युवा नेता जाेतिप्रकाश जाेशीकाे टाेली आर्थिक संकलनमा लागेको छ र थापालाई बचाउ अभियान सञ्चालन गरेको जाेशीकाे भनाइ छ ।
उनका अनुसार थापा बचाउ अभियान सञ्चालन गर्दै नेपाली काङ्ग्रेसका नेताहरु शमशेर कुमार बम, दयाराम राेकाया, शिक्षक उमेश राेकाया, कृष्ण बिष्ट, राम बहादुर सिह, माेतुवा लगायतका शुभचिन्तकहरु लागिपरेकाे जाेशीले बताए । बिक्रम थापा बचाउ अभियानमा दिल्लीबाट बझाङ भारत सम्पर्क समितिका अध्यक्ष दयाराम राेकायाकाे नेतृत्वमा बैठक बसी आगामी दिनमा आर्थिक संकलन गर्दै सबैले आ-आफ्नाे स्थानबाट सहयाेग गर्न आग्रह गरिएको छ ।
यदि तपाईको सानाे सहयाेगले कसैकाे जिन्दगी बच्छ भने सहयाेगकाे भावनामा अगाडि बढ्न टाेलीले आग्रह गर्दै आएकाे छ । उक्त टाेलीले यसअघि पनि केदारस्युकाे मल्लेसी मष्टादेखि विभिन्न ठाउँमा सहयाेग गर्दै आएको छ ।