आश्विन ४,कावासोती । कावासोती नगरपालिकामा ज्वाँइले आफ्नै ससुुरालाई खुर्पा प्रहार गरि गम्भिर घाईते भएका ससुराको मृत्यु भएको छ। कावासोती नगरपालिका वडा नं. १५ शेरगंज बस्ने ३१ वर्षीय सुवास मगरले आफ्नै ससुरा विष्णु राईलाई आज साँझ खुर्पा प्रहार गरि गम्भिर घाईते बनाएका थिए । घाटिमा चोट लागि गम्भिर घाईते भएका राईको मध्यविन्दु सामुुदायिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको डिएसपी मोहन बहादुर खाँडले जानकारी दिए ।घटना र घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
कावासोती-१५ मा ज्वाइले खुर्पा प्रहार गर्दा ससुराको मृत्यु