काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा १३ सय २५ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६४ हजार १ सय २२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ९६६ जना रहेका छन् भने कुल निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।