इटहरी, प्रदेश १ मा लकडाउनाको अवधिमा ७२६ जनाले आत्महत्या गरेका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरको जानकारी अनुसार प्रदेशका १४ जिल्लाका ७२६ जनाले गत वर्षको चैत्र महिना देखि यो असोज १ गतेसम्मको अवधिमा आत्महत्या गरेका हुन् । प्रदेश प्रहरीको लगत अनुसार प्रदेशमा सबैभन्द बढी मोरङमा १४२ जना र सबैभन्दा कम ताप्लेजुङमा २० जनाले आत्महत्या गरेका छन् । मोरङमा आत्महत्या गर्ने मध्ये १२५ जनाले झुण्डिएर र १७ विष सेवन गरेका छन् । आत्महत्या गर्नेमा ६२ पुरुष, ४४ महिला, ५ बालक र १४ बालिका रहेका छन् । झापामा १२७ जनाले झुण्डिएर, ३ औजार प्रयोग गरे र १० जनाले विष सेवन गरेर जम्मा १४० जनाले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमा ८० पुरुष, ५१ महिला, ४ बालक र ५ बालिका रहेका छन् । सुनसरीका ८८ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ५० पुरुष, ३२ महिला, २ बालक र ४ बालिका रहेका छन् । उनिहरु मध्ये ७१ जनाले झुण्डिएर र १७ जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् । त्यस्तै इलामा ३१ जना पुरुष, १९ जना महिलास, १ जना बालक र ४ जना बालिका गरि ६० जनाले आत्महत्या गरेका छन् । जसमध्ये ५५ जनाले झुण्डिएर, १ जनाले औजार प्रयोग गरेर र ४ जनाले विष सेवन गरेर आत्महत्या गरेको प्रदेश प्रहरीले जनाएको छ । त्यसैगरि उदयपुरमा ३१ जना पुरुष, १९ जना महिला, ३ जना बालक र २ जना बालिका गरेर ५५ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ४५ जनाले झुण्डिएर, ८ जनाले विष सेवन गरेर र २ जनाले हामफालेर आत्महत्या गरेका हुन् । ओखलढुङ्गामा २८ जनाले यो लकडाउनको अवधिमा आत्महत्या गरेका छन् । प्रहरीका अनुसार १४ पुरुष, ९ महिला, २ बालक र ३ बालिकाले आत्महत्या गरेका हुन् । उनिहरु मध्ये २५ जनाले झुण्डिएर र ३ जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् । त्यस्तै खोटाङमा १३ जना पुरुष, ११ जना महिला, ३ बालक र ३ जना बालिका गरि ३० जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार खेटाङमा २५ जनाले झुण्डिएर र ५ जनाले विषे सेवन गरेर आत्महत्या गरेका हुन् । ताप्लेजुङमा पनि आत्महत्या गर्नेको संख्या उल्लेख्य रहेको छ । असोज १ गतेसम्म ताप्लेजुङमा १७ जना पुरुष, ६ जना महिला र १ जना बालिका गरि २४ जनाले आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार २२ जनाले झुण्डिएर र २ विष सेवन गरेर आत्महत्या गरेका हुन् । त्यस्तै धनकुटामा २३ जना पुरुष, १३ जना महिला र २ जना बालक गरि ३७ जनाले आत्महत्या गरेका छन् । प्रहरीले दिएको जानकारी अनुसार धनुटामा ३५ जनाले झुण्डिएर, एक जनाले विष सेवन गरेर र एक जनाले हामफालेर आत्महत्या गरेका छन् । पाँचथरमा १३ पुरुष, ८ महिला, ३ बालक र ५ बालिका गरि २८ जनाले आत्महत्या गरेका छन् । जसमध्ये २८ जनाले झुण्डिएर र १ जनाले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । भोजपुरमा पनि २७ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । जसमा १४ जना पुरुष, ९ जना महिला, २ जना बालक र २ जना बालिका रहेका छन् । उनिहरु मध्ये २३ जनाले झुण्डिएर, १ जनाले औजार प्रयोग गरेर र ३ जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् । त्यस्तै संखुवासभामा ११ पुरुष, ८ महिला, १ जना बालक र १ जना बालिका गरी २१ जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार उनिहरु मध्ये २० जनाले झुण्डिएर र १ जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् । लकडाउनको अवधिमा सोलुखुम्बुमा २५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । सोलुखुम्बुका १४ जना पुरुष र ११ जना महिलाले आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उनिहरु मध्ये २२ जनाले झुण्डिएर, १ जनाले विष सेवन गरेर र २ जनाले हामफालेर आत्महत्या गरेका हुन् । त्यस्तै तेह्रथुममा १७ पुरुष, ६ महिला र १ बालिका गरी २४ जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार उनिहरु मध्ये २२ जनाले झुण्डिएर र २ जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् ।
लकडाउनमा प्रदेश १ मा ७२६ जनाले आत्महत्या गरे