काठमाडौं । सरकारले लामाे दूरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।
सोमबार बसेकाे मन्त्रिपरिषद्को बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको हो ।
सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो ।