संजय कुशवाहा / नवलपरासी २८ भदौ। पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले माछा नियन्त्रण लिएको छ ।
आईतवार दिउँसो सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट पाेष्ट गुठी प्रसाैनीले भारतबाट अवैध रूपमा ( १ क्युन्टल ) ५० हजार मुल्य बराबरको माछा नेपाल तर्फ ल्याउदै गरेको प्रतापपुर गाउँपालिका वडा न.५ बैदोली बाट माछा नियन्त्रणमा लिइ कार्वाही चलाएकाे छ । सकृय बन्दै गएकाे सशस्त्र प्रहरी निरीक्षक संतोष खरेलको नेतृत्वमा खटिएकाे गस्तीटाेलीले साे माछा दिउँसो नियन्त्रणमा लिन सफल भएकाे हाे ।
मोटरसाइकलमा राखेर माछा ल्याउदै गर्दा सशस्त्र प्रहरीलाई देखेर माछा फालेर मोटरसाइकल सहित मानिस भागेकाे प्रहरी निरिक्षक खरेलले बताए । नियन्त्रणमा लिइएकाे साे माछा बेलुका स्थानिय , पत्रकार, सुरक्षाकर्मीहरूको राेहबरमा नष्ट गरिएकाे हो।