नवलपरासी/ २८ भाद्र मामाको घोडा, भाञ्जाको हिही’ भन्ने नेपाली उखान जस्तै पश्चिम् नवलपरासीको सरावल गाउपालिका वार्ड न० ५ का वडा अध्यक्ष दिनेश सहानीले बिदाका दिन अर्थात हिजो मिति २०७७/०५/२७ गते शनिबारका दिन पनि आफ्नो व्यक्तिगत प्रयोजनको लागी सरकारी गाडीको प्रयोग गरिरहेको पाइएको छ । 
हिजो पुर्बी नवलपरासीको दाउन्ने-कावासोती जङ्गलमा एक सञ्चारकर्मी ले वार्ड अध्यक्ष सवार लु १ ब ११९५ नम्बरको सेतो प्लेट मोटरसाइकल रोकि भिडियो बनाउदै वडा अध्यक्ष सङ सवाल जवाफ गरेका थिए ।
पश्चिम् नवलपरासीमा पछिल्लो समय सरकारी गाडी दुरुपयोग बढेको छ । सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग गर्न पाइँदैन । अत्यावश्यक काममा चलाउँदा प्रमुख जिल्ला अधिकारीबाट अग्रिम पास लिनुपर्छ ।
यस विषयमा जानकारी लिन खोज्दा सरावल गाउँपालिका वार्ड न० ५ का वडा अध्यक्ष दिनेश सहानीले आकस्मिक काम परेर शनिबार चितवनको भरतपुर अस्पताल जान लागेको बताए । उनले शनिबार मोटरसाइकल सरकारी नियम विपरीत रहेको स्वीकारर्दै भने – "हाम्रो तिर सिमा भेगको गाउँमा सबै जसोले भारतीय मोटरसाइकल प्रयोग गर्ने गर्दछन , त्यसले कुनै नेपाली मोटरसाइकल पाइएन ,भारतीय मोटरसाइकलको अहिले भन्सार रोक छ , अस्पताल जान जरुरी थियो त्यसले प्रयोग गर्न बाध्य भए तर आगामी दिनमा यसरी प्रयोग गर्ने छैन भन्दै गल्ती स्वीकार गरेका छन्। सरावल गाउपालिकाले जनताहरुको कामको सरल तथा सहायताका लागी सम्पुर्ण वार्डका वडा अध्यक्षहरुलाई मोटरसाइकल उपलब्ध गराएको छ ।