[आज मिति २०७७ साल भाद्र २७ गते शनिबार । तदनुसार सेप्टेम्बर १२ तारिख । नेपाल सम्वत् ११४०]
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : बल तथा प्रराक्रममा वृद्धि हुने योग रहेको छ । मित्रजनहरुसँगको सम्बन्धमा प्रगाढता छाउनेछ । स्वास्थमा सामान्य सुधारको योग रहनेछ । आम्दानीको क्षेत्र मध्यम रहनेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खबरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोले सजग भई यात्रा गर्नुहोला ।
वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : स्थिर क्षेत्रमा गरिएको लगानी उत्तम साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग बन्नेछ । स्वास्थमा सामान्य तनाबको योग बन्नेछ । आम्दानिको क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य सम्पादनमा गोपनियताको आवश्यकता रहनेछ । मित्रजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) : नयाँ कार्य थालनिको निम्ति उत्तम समय रहेको छ । मनमा सामान्य चिन्ताले सताउने छ । साझेदारी काममा हात नहाले कै बेस रहने छ । शारिरिक आलस्यताले सताउने छ । साधारण चोट पटक लाग्न सक्ने सम्भावना रहेको छ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : मित्रजनहरुको लागि साधारण खर्च हुन सक्ने सम्भावना रहेको छ । खराब सङ्गतको कारणले सामान्य झन्झट ब्यर्होनु पर्ला । व्यापार व्यवसायमा सामान्यतया हानि रहन सक्ने छ । क्रोधको कारण मानसिक चिन्ता रहन सक्छ । नयाँ कार्य थालनिका निम्ति आट र साहसमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : हरकोहिको पुर्ण बिश्वास नगर्नु होला धोका हुन सक्छ । मेहेनत र परीश्रमको कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । पारिवारिक मेलमिलाप बढेतापनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : मान्यजनको साथ सहयोग प्राप्त नहुनाले मनमा चन्चलताको बास रहला । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्राको कारणले शारिरिक आलस्यताले सताउला । पठनपाठनको क्षेत्र भने त्यति राम्रो नरहला । सवारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्झट सहनु पर्ला । अरुको बसमा गरिएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । अगाडि सारेका व्यक्तिद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । मान्यजनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । मालसामानको क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला । निरन्तर भइरहेका कार्यबाट बिशेष लाभ लिन सकिनेछ । अर्काको खुसिको लागि अनावश्यक परिश्रम खर्चिनुपर्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाव रहन सक्छ । व्यापार व्यवसायको क्षेत्रमा मध्यम दिन रहेको छ । तपाईले कसैमाथि गरेको विश्वासमा विश्वसघात हुन सक्छ । अधिक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछन् । नयाँ कार्यको थालनिले मन प्रसन्न रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : तपाईका शुभ चिन्तकहरुको संख्या बढ्नेछ भने शत्रुपक्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन् । स्वास्थ्य सम्बन्धि सामान्य असर भोग्नु पर्ला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : पारिवारिक झोर झमेलाले सताउन सक्छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आँट र शाहसको वृद्धि हुनेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । विशिष्ट व्यत्तिहरुको साथ सहयोगमा नयाँकार्य थालनिका अवसरहरु प्राप्त रहनेछन् ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : परिश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । प्रतिष्ठित व्यक्तिहरुको सहयोग प्राप्त हुनाले मन प्रसन्न रहेतापनि अरुको अनुशरण गर्दा प्रिय व्यक्तिहरु टाढिन सक्ने सम्भावना रहेको छ । पारिवारिक साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्ने समय रहेको छ ।