[आज मिति २०७७ साल भाद्र २३ गते मंगलबार । तदनुसार सेप्टेम्बर ८ तारिख । नेपाल सम्वत् ११४०]
मेष राश (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) : आज आफन्तहरुसँग भेटघाट हुनेछ र पारिवरिक सहयोगको माहोल बन्नेछ। भगवान कृष्णको आनुकम्पा प्राप्त हुनेछ। आफुसँग रिसाएका मानिसहरु पनि आज मित्रवत व्यवहार गर्नेछन्।
वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज तपाईंलाई उच्च अहंकार रुपी सर्पले बेर्नेछ। सामजिक बन्धनको पनि ख्याल राख्न नसकी समस्या उत्पन्न हुनेछ। आज तपाईंले रुलाई तृण बरोबर पनि गन्नुहुने छैन।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) : आज तपाईंको शत्रुसँग बादविबाद हुनेछ। आफन्तहरुले पनि तपाईंलाई साथ दिने छैनन्। आज तपाईं आफ्नो बचनबाट पनि चुक्नुहुनेछ। हिजो सम्म विश्वास गरेको मित्रहरुले घात गर्नेछन्।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आज तपाईंको आयको स्रोत बढ्ने छ। बहुमुल्य बस्त्र अलांकारहरु मिल्नेछन्। साथीहरुको सहयोग पनि प्रशस्त रहनेछ। कार्य सिद्धिको लागि हनुमानको आशिर्वाद मिल्नेछ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : आज तपाईंलाई पिता तथा कुलका ठुला मानिसबाट सहयोग मिल्नेछ। चिकित्सकीय सेवाका मित्रहरुको समय खराब रहेको छ। रोग र सन्तापले सताउने छ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : आज तपाईंलाई अकस्मात फाइदाजनक अवस्था सृजना हुनेछ। धर्म र कर्मको अतुलनीय मेल भई कार्य सिद्धी हुनेछ। आज तपाईंलाई पानीबाट भय रहनेछ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : आज तपाईंलाई अपगाल पर्नेछ। बोल्दा र काम गर्दा विशेष होस पुर्याउनु पर्ने हुन्छ। आज तपाईंको गलामा समस्या देखिन सक्छ। कृषि कर्ममा लागेका मित्रहरुलाई समृद्धिदायक समय छ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : आज प्रेम र प्रणय सुखको बहार आउनेछ। पैतलामा समस्या देखिन सक्छ। आज आयु वृद्धि हुने कार्यमा लग्नु हुनेछ। आज तपाईं गलत भोजनबाट बच्नु पर्ने हुन्छ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : आज तपाईंलाई प्रतिशोध लिनका लागि शत्रुहरुले शिर उठाउने छन्। नचाहिँदा आरोपहरु पनि लाग्नसक्छ। पुरुष मित्रहरुले खराब नियत भएका स्त्रीसँग होसियार रहनु होला।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : आज सन्तान सुख मिल्नेछ। सन्तान भएकाहरुले सन्तानबाट सत्कार सहयोग पाउनु हुनेछ। आँखाको वरिपरि केही चोट लाग्ने सम्भावना रहन्छ। मानसिक रुपमा आनन्दित महसुस हुनेछ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : पारिवरिक मिलन र मनोरञ्जनको समय छ । मित्रहरुले आवश्यक सहयोग गर्ने छन्। आज तपाईंले आफ्नो छातीमा असहज महसुस गर्नु हुनेछ। ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : आज मीन राशिलाई दन्त हर्शको समस्या रहनेछ। पेट गडबड हुनेछ। भने पञ्चतन्त्रमा समस्या रहनेछ। साहसी कार्य गर्ने अवसर मिल्नेछ। आज तपाईंको घरमा आगन्तुकको बास हुनेछ।