बिमल अधिकारी,कावासोती । नवलपुरको कावासोतीमा रेडक्रस भवन अगाडि विभिन्न संस्थाहरुको सहकार्यमा सामाजिक अभियान्ताहरुले सुरु गरेको फुड बैंक अभियान आज दोश्रो दिन पनि निरन्तरता दिएका छन । पहिलो दिन ५० जना घरपरिवार लाभान्वित भएकोमा आज ६५ जना घरपरिवारलाई निशुल्क खाध्यान्न सामाग्री फुड बैंक अभियानबाट बितरण गरिएको छ । फुड बैंक अन्तर्गत विभिन्न संघ सस्था तथा सामाजिक ब्यक्तित्वहरुको सहयोगमा दाल,चामल,नुन,तेल लगायतका खाध्यन्न सामाग्रीहरु संकलन गरि राखिएको छ । जहाँ बाट खाध्यान्न सामाग्री मजदुर बर्ग जो कोरोना भाईरसले निम्म्ताएको लकडाउनकै कारण काम गर्न नपाएर घरमा चुलो नबल्ने अवस्थाका घर परिवारले फुड बैंकबाट खाध्यान्न सामाग्री लिएर जान पाउने ब्यवस्था मिलाइएको छ । हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔ भन्ने सामाजिक भाव बोकेको यो कार्यक्रम ड्याड नेपाल,कावासोती सहयोगी सस्था,महाअभियान हरेक दिन एक मुठ्ठी दान,जेसिज नवलपुरको आयोजना रहेको कार्यक्रममा हाम्रो संसार,रेडक्रस कावासोती ,निर्णय सुधार केन्द्र, निप्स नवलपुर,कोइलापानी पोल स्टार क्लबको सहकार्यमा गरिएको हो । दोस्रो दिनको कार्यक्रममा मोनिका मेमोरियल ट्रस्टका संस्थापक समाजसेवी श्याम श्रेेष्ठ, नवलपुर जेसिजका अध्यक्ष नारायण न्यौपाने, जनरल इन्स्योरेन्स कावासोती शाखा प्रबन्धक दिपेन्द्र पौडेल,कोइलापानी पोलस्टार क्लबका झबि अधिकारी विमल अधिकारी,रामचन्द्र पंगेनी,ओमकार घिमिरे,कृष्ण क्षेत्री लगायतका अभियान्ताहरुको सक्रियता तथा उपस्थिति सहभागिता रहेको थियो ।फुड बैकलाइ मोनिका मेमोरियल ट्रस्टको विशेष सहयोग आज पनि निरन्तर रहेको छ।अभियान भोलि पनि १ देखि ३ बजेसम्म संचालन गरिने फुड बैंकका संयोजक किरण भुर्तेलले जानकारी दिएका छन।
प्रभाबकारी बन्दै फुड बैंक : दोस्रो दिन पैसठ्ठी घरपरिवार लाभान्वित