बुलिङटार, गण्डकी प्रदेश – बुलिङटार गाउँपालिका वडा नम्बर ५ को आयोजनामा आयोजित "युवा लक्षित कार्यक्रम अन्तर्गत भाषण कला कार्यक्रम" शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता वडाध्यक्ष विजय थापाले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा बुलिङटार गाउँपालिकाकी उपाध्यक्ष दिल माया राना हुनुहुन्थ्यो।
कार्यक्रममा किरण भुर्तेल, सुदीप चापागाईं, कमल चापागाईं र कुमार क्षेत्रीले प्रशिक्षण दिनुभएको थियो।
भाषणकला कार्यक्रमले युवाहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै नेतृत्व क्षमता विकास गर्न सघाउने उद्देश्य राखिएको थियो। कार्यक्रममा विभिन्न विद्यालय तथा युवाक्लबका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
उक्त कार्यक्रम बुलिङटार गाउँपालिका कार्यालय, नवलपरासी (ब.सु.पु), गण्डकी प्रदेशको सहयोगमा सम्पन्न भएको हो।