कावासोती ,नवलपुर ।कानुन दिवसको अवसर पारेर कावासोती १६ ,डण्डामा रहेको नवलपुर एकेडेमीले कक्षा ८ , ९ र १० का विद्यार्थीहरुलाइ कानुनी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।नवलपुर एकेडेमीको आयोजनामा संचालित कार्यक्रमको सहजीकरण गण्डकी स्किल लर्निङ्ग एकेडेमीले गरेको थियो।
विद्यालयको सहायक प्रधानाध्यापक विष्णु रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी स्किल लर्निङ्ग एकेडेमीका प्रशिक्षक तथा अधिवक्ता कमल चापागाईंले विद्यार्थीहरुलाइ आधारभुत कानुनी ज्ञान प्रदान गरेका थिए।चापागाईंले पछिल्लो समयमा युवाहरु कस्तो-कस्तो मुद्दामा युवाहरु फसिरहेका छन र कसरी त्यस्ता समस्याहरुबाट बच्ने भन्ने विषयमा उदाहरण सहित आफ्नो सेसन राखेका थिए।विद्यार्थीहरुलाइ सानैदेखि आधारभुत कानुनी ज्ञान होस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष रिमालले बताए।
कार्यक्रममा विद्यालयका संचालक तथा शिक्षक शिव कोइराला ,गण्डकी स्किल लर्निङ्ग एकेडमीका प्रवन्ध निर्देशक किरण भुर्तेल ,शिक्षक विजय भुसाल लगायत अन्य शिक्षक शिक्षीकाहरुको समेत उपस्थिति रहेको थियो।