नवलपुर, कावासोती । थारु विद्यार्थी समाजको महाधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्षमा सप्तरीका विमल चौधरी निर्वाचित भएका छ्न । चौधरीले अर्का उमेदवार गिता चौधरीलाई पराजित गर्दै केन्द्रिय अध्यक्ष निर्वाचित भएका हुन । १४१ मत खसेको निर्वाचनमा बिमल चौधरीले ८१ मत प्राप्त गरे भने गिता चौधरीले ४८ पाएकि थिइन ।
शनिबार नवलपुरको डण्डामा रहेको थारु संग्राहलयमा खुला सत्र सम्पन्न गरेर अमलटारी होमस्टेमा सम्पन्न भएको अधिवेशनमा अध्यक्ष पदमा सहमति हुन नसकेपछी निर्वाचन भएको थियो । अध्यक्षमा निर्वाचन भएपनी अन्य पदमा भने सर्वसहमत भएको निर्वाचन मण्डलका सदस्य हेमराज महतोले जानकारी दिए।

अधिवेशनले बर्दियाका दिनेश चौधरीलाई बरिस्ठ उपाध्यक्ष चयन गरेको छ भने उपाध्यक्षमा नवलपुरका राजकुमार थनेत, महिला उपाध्यक्षमा नवलपुरकै लक्ष्मी महतो र सुनसरीकि शकुन्तला कुमारी चौधरी,महासचिवमा चन्द्र प्रकाश चौधरी र कोषाध्यक्षमा नवलपुरकै सन्दिप महतोलाई चयन गरेको छ । उपमहासचिवमा अर्नव चौधरी र सोनाम चौधरी चयन भएका छन ।अधिवेशनबाट पदाधिकारी सहित २१ सदस्यीय केन्द्रिय समिति चयन गरिएको छ। ।