समता नेपाली शिक्षा जगतमा सस्तो र गुणस्तरीय शिक्षाको प्रयाय बन्दै आएको छ।नेपालजस्तो विकासोन्मुख देशमा आर्थिक अवस्था कमजोर भएका बालबालिका पनि गुणस्तरीय अङ्ग्रेजी माध्यमको शिक्षा प्राप्त गर्ने अधिकारबाट बन्चित नहुन भन्ने उद्देश्यले संस्थापक उत्तम कुमार संजेलको परिकल्पनामा २०५८ सालमा सुरु भएको समताले मात्रै १०० रुपैयाँ शुल्क लिएर सुरु गरेको शैक्षिक अभियान देशभर र अन्य देशमा समेत उदाहरणको रुपमा रहेको छ।नेपालबाट सुरु भएको एउटा शैक्षिक आन्दोलन समता अहिले हेर्दा हेर्दै भारत बङ्गलादेश ,श्रीलंका ,म्यानमार जस्ता देशमा समेत सफलता पुर्वक संचालन भैरहेको छ।यहि समता शिक्षा फाउन्डेसन अन्तर्गत संचालित र नवलपुरमा स्थापित एउटा नाम हो समता शिक्षा निकेतन कावासोती ।
२०६९ सालमा स्थापना भएर पहिलो बर्षमै १००० भन्दा बढी विद्यार्थीहरुलाइ शिक्षा प्रदान गरि इतिहास कायम गरेको विद्यालयले १७ बर्षको यो अबधिमा १००० भन्दा बढिलाइ फलामे ढोका अर्थात SlC (अहिलेको को एसईई) उत्रिर्ण गराएर आफुलाइ अब्बल साबित गरिसकेको छ। सुरुवात देखिनै अत्यन्तै न्युनतम शुल्कमा अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा दिंदै आएको समता स्कुल कावासोतीले शैक्षिक बर्ष २०८२ देखी पुर्व प्राथामिक र प्राथमिक तहमा एअर कन्डिसनर(एसि ) सुबिधा सहितका कक्षाहरूमा पठन पाठन सॅगै यातायातको सुबिधा पनि सुरुवात गर्न लागेको विद्यालयका प्रधानाध्यापक महेस कुमार भुर्तेलले जानकारी दिएका छन। कावासोती नगरपालीका वार्ड न ३ मा नया भवन निर्माण गरि पठन पाठन सुरुवात गरेसंगै समता स्कुलले 5G सुबिधा सहितको कम्प्यूटर ल्याब, जिप्सन सहितका आधुनिक कक्षाकोठा, ठुलो खेल मैदान, अत्याधुनिक फिल्टर सहित बाह्रै महिना तातो चिसो खानेपानी व्यवस्थापन गर्न लागेको छ।छात्र र छात्राका लागी छुट्टा -छुट्टै पर्याप्त शौचालय सुबिधा, स्वास्थमैत्री खाजा सहितको क्यान्टिन,कक्षा ९/१० मा प्रोजेक्टर सहितको कक्षा संचालन , बालमैत्री पुर्व-प्राथामिक तहका कक्षा निर्माण, होस्टल र डे होस्टलको सुबिधा समेत विद्यालयले थप गरेको प्रधानाध्यापक भुर्तेल बताउछन् ।
मासिक शुल्क १०० रूपैंया भनेर परिचित समता स्कुलमा लामो समयको अन्तराल संगै कम्प्युटर ल्याब, खेलकुद, संगित तथा नृत्य कक्षा, परियोजना कार्य , परिक्षाहरू, बार्षिक सास्कृतिक कार्यक्रम सहित समतामा सम्पुर्ण शुल्क जोडेर मासिक जम्मा सात सय पचास(७५०) र समग्र १२ महिनामा सात हजार आठ सय (७,८००) शुल्क तिरेर कक्षा नर्सरी देखी सबै कक्षाहरूमा बाबुनानुहरू अध्यापन गराउन सकिन्छ। अतिरिक्त कक्षाहरू, होस्टल, डे होस्टलको भने अतिरिक्त न्युनतम शुल्क लाग्ने मावी संयोजक विक्रम श्रेष्ठले बताए।
समता स्कुल कावासोतीले २०६९ सालदेखी नै कक्षा ८ र १० का परिक्षाहरूमा कावासोती नगरपालिका संगै नवलपुर जिल्लामै उत्कृस्ट नतिजा दिंदै आएको छ ।कावासोती नगरपालीकामा छात्र र छात्रा तर्फ ४.०० जिपिए प्राप्त गर्ने सफल एक मात्र बिद्यालयको गर्विलो इतिहास पनि समताले आर्जन गरेको छ। समय र प्रबिधिको विकास संगै सामान्य बासको संरचनाबाट सुभारम्भ भएको समता कावासोती अहिले आधुनिक संरचना र प्रविधिमैत्री विद्यालयको रुपमा रूपान्तिरित भैसकेको छ।
समुदायमा आर्थिक अवस्था कमजोर भएर शुल्क तिर्नै नसक्ने बालबालिका भएमा निशुल्क पठनपाठन गराउने कुरा बताउदै समग्र अभिभावकहरुको माया ,प्रेरणा र सद्भावले ,शिक्षकहरुको अथक मेहनत,विद्यार्थीहरुको लगनशीलता र स्थानीयको अमुल्य सहयोगले विद्यालयले आशातित प्रगति गर्दै गएको भन्दै आगामी दिनमा यस्तै साथ सहयोग र समर्थन रहेमा थप गुणस्तरीय शिक्षा दिन कुनै कसर नराख्ने पनि प्रधानाध्यापक महेस कुमार भुर्तेलले प्रतिबद्धता व्यक्त गरेका छन।