काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १०४१ जना कोरोना संक्रमित थपिएको बताएका हुन् ।
देशभरका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ ।