@@कावासोती । कावासोती नगर युवा संजालको आयोजनामा एक दिवसीय वित्तीय साक्षरता तथा शेयर मार्केट सम्बन्धि आधारभुत तालिम सम्पन्न भएको छ।हिजो श्रावण २८ गते सोमबार कावासोती नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा प्राइम बैक लिमिटेड कावासोती शाखा प्रबन्धक बुद्धिलाल श्रेष्ठले सहजीकरण गरेका थिए।
कावासोती नगर युवा संजालले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी आयोजना गरेको कार्यक्रममा कावासोती नगरपालिकाका विभिन्न वडाहरुबाट करिब ५० जना युवाहरुको सहभागिता रहेको थियो।संजालको अध्यक्ष पवन भुर्तेलको अध्यक्षतामा संचालित कार्यक्रममा प्राविधिक सहयोग कावासोती नगर शिक्षा शाखाले गरेको थियो।
कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि तथा कावासोती नगरपालिकाको उप- प्रमुख फुल कुमारी थनेतले कावासोती नगरपालिकाले युवाहरु लक्षीत कार्यक्रम गर्दै आएको र आगामी दिनमा समेत गरिरहने बताइन।कार्यक्रमको अन्त्यमा अध्यक्ष पवन भुर्तले अहिलेको समयमा युवाहरुलाइ वित्तीय तथा शेयर बजारको आधारभुत ज्ञान हुन अत्यावश्यक रहेको महसुस गरि कार्यक्रम आयोजना गरिएको भन्दै उपस्थित सबैलाइ धन्यवाद दिएका थिए।कार्यक्रममा ३.८१ जिपिए सहित कावासोती नगरपालिकामा कक्षा १२ मा प्रथम हुन सफल सृष्टि पाठकलाइ सम्मान गरिएको थियो।
कार्यक्रममा नगर शिक्षा अधिकृत क्षेत्र भण्डारी ,शिक्षा अधिकृत राजन पाण्डे ,कावासोती ६ का वडाध्यक्ष यम बहादुर थापा लगायतकको समेत उपस्थिति रहेको थियो।