काठमाडौ ।यतिबेला हास्य रियालिटी शो कमेडी च्याम्पियनको तेस्रो संस्करण जारी रहेको छ।विभिन्न चरणहरु पार गर्दै अहिले प्रतियोगिताको शिर्ष ९ जना छनोट भैसकेका छन।यहि शिर्ष ९ भित्र एकजना कमेडिएन रहेका छन नवलपुरका सन्देश देवकोटा ।
देवकोटाले प्रतियोगिताका विभिन्न चरणहरुमा निर्णायक तथा दर्शक स्रोताहरुको मन जित्दै अहिले शिर्ष ९ भित्र सफल भएका हुन। शिर्ष ९ मा आफ्नो उत्कृष्ट प्रस्तुति राखेका उनले आफुलाइ भोट गरेर शिर्ष ८ मा पुर्याउन सहयोग गरिदिन सम्पुर्ण नेपालिहरुमा अपिल गरेका छन।
उनलाइ भोट गर्नका लागि खल्ती एपमा गएर ३२३ नम्बरमा भोट गर्नु पर्ने हुन्छ भने नेपाल वाहिरबाट भोट गर्नका लागि khalti.com मा जान सकिन्छ। भोटिङ यहि आउने सोमबार सम्म खुल्ला रहनेछ। प्रतियोगिताका अबका मुख्य चरणमा निर्णायकको अंक सहित दर्शको भोट पनि महत्त्वपूर्ण हुने हुदा आफुलाइ भोट गर्नका लागि देवकोटाले अपिल गरेका हुन।उनी नवलपुरको विनयी त्रीवेणी नगरपालिकाका स्थानीय बासिन्दा हुन।