कावासोती ,चैत २९ ।
रास्ट्रीय तेक्वान्दो संघ नेपाल नवलपुरको अध्यक्षमा कृष्णमान श्रेष्ठ सर्वसहमत भएका छन ।हिजो कावासोती ३ मा सम्पन्न भएको अधिवेशनले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय समिती सर्वसहमत रुपमा चयन गरेको हो।
नवगठित समितिको उपाध्यक्षमा शिव गिरि ,सचीवमा तेज बहादुर कुवर,कोषाध्यक्षमा सुस्मिता ढकाल रहेका छन भने सदस्यहरुमा क्रमश जाहेज विक ,भविन शेरपुजा,अस्मिता थापा र विशाल रम्तेल रहेको नव निर्वाचित सचिव तेज कुवरले जानकारी दिएका छन।
कावासोती तेक्वान्दो डोजाङको हलमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन रहेका थिए।