लसुन पुरानो ,दैनिक प्रयोगमा आउने महत्वपूर्ण घरेलु औषधि हो। प्राचीन समयदेखि नै विभिन्न भोजन तरकारीमा अचारहरुमा गरम मसला ,मानव तथा पशुहरुको औषधिको रुपमा लसुनको प्रयोग हुने गरेको छ।लसुनको प्रयोगले तरकारी तथा अचारहरु स्वादिष्ट हुने हुदा प्राचीन कालदेखिनै यस्को प्रयोग हुँदै आएको छ।
के के छन त लसुनका फाइदाहरु ?
आयुर्वेदका अनुसार लसुनले वात, कफ नास गर्छ र दुखाई शान्त पार्छ। यसले पाचन शक्ति बढाउँछ, हृदय र कलेजोलाई उत्तेजक पार्छ। महिलाको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ। पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ। गर्भावस्थामा भने यसको प्रयोग अहितकर हुन्छ। लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ। लसुनका यी विविध भागलाई नियमित रुपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने संभावना न्यून हुन्छ। क्यान्सरको समस्यामा लसुन पनि लाभदायक देखिएको चिनियाँ चिकित्सकको अनुसन्धानले पुष्टि गरेको छ।
लसुनका अन्य फाइदाहरु निम्न रहेका छन । १. उच्च रक्तचाप भएको व्यक्तिले दैनिक लसुन सेवन गरेमा लाभदायक हुन्छ।
२. लसुनको नियमित प्रयोगले पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने समस्या सामाधान गर्न सहयोग गर्छ
३. सामान्य प्रकारको छालाको चिलाउने रोग जस्तैः– दाद, एक्जिमा आदिमा लसुनको रस लगाउनु लाभकारी हुन्छ।
४. लसुनलाई तेलमा फुराएर डढाउने र साथमा मेथीको गेडा पनि फुराउने र डढाएर निधार र नाक वरिपरि तेल लगाउने गर्दा ससाना शिशु तथा बच्चाको रुघाखोकी ठीक हुन्छ।
५. जोर्नी दुखाई र सुन्निनेमा लसुन थिचेर तेलसंग मिसाएर दिनको ३/४ पटल दुखेको सुन्निएको ठाउमा लगाएर मालिस गर्दा लाभदायक हुन्छ। ६खानासँगै ४-५ केस्रा लसुन बिहान बेलुका खाने गर्दा अपच समस्या घट्दै जान्छ।साथै अपच ग्यास्ट्रीकका समस्या हट्दै जादा अनुहारमा छुट्टै चमक आउदै जान्छ।