कावासोती ,चैत्र ११ ।मेन्टर एजुकेशन कावासोतिले कुमारवर्ती खेलमैदानमा संचालन गरेको जिल्ला स्तरीय खुल्ला क्रीकेट प्रतियोगिताको फाइनल खेल मिची एजुकेशन कावासोतिले जितेको छ।सुपर ओभरमा रजहर क्रीकेट क्लबलाइ हराउदै मिचिले उपधि कब्जा गरेको हो ।
आज दिउँसो २ बजे सुरु भएको फाइनल खेलमा टस जितेर पहिले व्याटिङ गरेको मिचिले व्याट्सम्यान मिस्कल र कमलको आक्रमक पारिको सहयोगमा पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १७७ रन जोडेको थियो।१७८ रनको लक्ष्य सहित जवाफी व्याटिङमा उत्रेको रजहर क्रीकेट क्लब रजहरले २० ओभर खेल्दै १७७ रन बनाएपछी खेल सुपर ओभरमा धकेलिएको थियो।सुपर ओभरमा मात्रै ३ रनको टार्गेट पाएपछी मिचिले सहजै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।
फाइनल खेलमा २५ रन खर्चेर २ विकेट लिएर उत्कृष्ट बलिङ प्रदर्शन गरेका रितिश श्रेष्ठ म्यान अफ द म्याच घोषित भए।प्रतियोगिता भर उत्कृष्ट बलिङ प्रदर्सन गरेका मिचिका अदित रावत उत्कृष्ट बोलर,राम्रो ब्याटिङ गरेका रजहरका कुनाल बस्नेत उत्कृष्ट व्याट्सम्यान र बल र व्याट दुवैमा राम्रो प्रदर्सन गरेका रजहरका सुदिप अर्याल म्यान अफ द टुर्नामेन्ट घोषित भए।
प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य विन्दु पौडेलको ,विशेष अतिथी कुमारवर्ती कलेजको अध्यक्ष महेन्द्र पोख्रेल ,विश्व हिन्दु महासंघ नवलपुरका उपाध्यक्ष सन्तोष राना मगर ,मेन्टर एजुकेसन कावासोतिका शाखा प्रमुख प्रकाश सापकोटाको हातबाट पुरस्कार वितरण गरिएको कार्यक्रमको अध्यक्षता प्रतियोगिता संयोजक किरण भुर्तेलले गरेका थिए भने संचालन मिलन अर्यालले गरेका थिए।